April 4th, 2021

प्रभु क्यापिटल लिमिटेडद्वारा शेयर बजार सम्बन्धी तालिम सञ्चालन


बैंकिङ खबर/प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबिएमा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । सो वर्कसप तथा तालिममा कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले सञ्चालन गर्नुभएको थियो ।

यसैगरी इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सहआयोजनामा इटहरीमा १ दिने शेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसको तालिम हलमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा बढीको सहभागीहरुको सहभागिता रहेको थियो ।

शेयर बजार सम्बन्धी आधारभुत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रम प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोष राजबजगाईं तथा अशोस सिटौलाले प्रदान गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]