
बैंकिङ खबर/ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएको छ । ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।
आइपिओमा १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए । १७ लाख ९७ हजार ८३३ आवेदक मात्रै भेरिफाइड भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
रद्द भएका सहित १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ।