Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अब सरकारी ऋणपत्रको पनि द्वितीय बजारमा कारोबार

२०७७ चैत्र ६ गते

बैंकिङ खबर/   नेपाल धितोपत्र बोर्डले सरकारी ऋणपत्रको द्वितीय बजारमा कारोबारको तयारी गरेको छ । यतिवेला सरकारी ऋणपत्रको द्वितीय बजारमा कारोबारका लागि ऋणपत्रको डिम्याट गर्ने काम भइरहेको बोर्डले जनाएको छ । हालसम्म दोस्रो बजारमा सरकारी ऋणपत्रको कारोबार हुने गरेको छैन । दोस्रो बजारमा बिक्रीका लागि आवश्यक प्रक्रिया पूरा भएसँगै सरकारी ऋणपत्रको कारोबार अरु धितोपत्रसरह ब्रोकर कम्पनीमार्फत हुनेछ ।

सरकारी तथा निजी वित्तीय संस्थाहरुले पुँजी जुटाउनका लागि ऋणपत्र जारी गर्ने गरेका छन् । यस्तो ऋणपत्रको प्रथमिक बजारमा बिक्री हुने गरेको छ । ऋणपत्रका लगानीकर्ताले निश्चित समयमा ऋणपत्र परिपक्व भएसँगै तोकिएको ब्याज पाउँछन् । निजी कम्पनीका ऋणपत्र भने पहिलेदेखि नै द्वितीय बजारमा कारोबार हुँदै आएका छन् ।

Ad