March 19th, 2021

नेशनल माइक्रोफाइनान्सको लाभांश पारित


बैंकिङ खबर/ राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२०७१ असार १८ गतेदेखि सञ्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा आयोजना भएको साधारणसभाले २७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश पारित गरेको हो ।
साथै साधारणसभामा सर्वसाधारण सेयरधनिका तर्फबाट २ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सभाले नयाँ सञ्चालकहरु क्रमशः नरेन्द्रप्रसाद छत्कुली र राम कुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पुंजी २६ करोड ४० लाख ४५ हजारबाट वृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार पुगेको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]