Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तको सीईओमा पुनः आचार्य

२०७७ चैत्र ४ गते

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रमेश आचार्य नियुक्त भएका छन् ।
वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर भएपछि साविककै वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आचार्यलाई नियुक्त गरिएको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले अगाामी चार वर्षको लागि करारमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले साविक ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थामा कार्यरत दिलिप कुमार पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।