बैंकिङ खबर/ आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बद्रीप्रसाद दुलाल नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिको बुधबारको बैठकले दुलाललाई सिइओमा दोस्रोपटक नियुक्ति दिएको हो । यो उनको दोस्रो कार्यकाल हो । उनको पदावधि १३ चैतमा सकिँदै थियो ।
दुलाल नेपाली लघुवित्त क्षेत्रमा सक्रिय, सफल लघुवित्तकर्मी हुन् । उनको नेतृत्वमा आशा लघुवित्तले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
नियुक्तिसँगै उनले संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी ४ वर्षको कार्यकाल पूरा गरी पुनः ४ वर्षका लागि नियुक्त भएका हुन् ।


