Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरोमाइक्रोफाइनान्सका कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम

२०७७ चैत्र १ गते

बैंकिङ खबर/  मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरूलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको तालिममा संस्थाका अनुगमन कार्यालय तिलकपुर, नवलपरासी र बनगाउँ, दाङअन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीको सहभागिता थियो । तालिममा अनुगमन कार्यालय तिलकपुरअन्तर्गत ७ जिल्लाका ११ शाखा कार्यालय र बनगाउँअन्तर्गत ६ जिल्लाका १० शाखा कार्यालयका ५६ जना कर्मचारीको सहभागिता थियो ।

बुटवलमा भएको समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गुणस्तरीय सेवाप्रवाह र संस्थाको विकासमा फिल्डमा खटिने कर्मचारीको विशेष जिम्मेवारी औँल्याउँदै यस किसिमको तालिमले कर्मचारीको कार्यकुशलता बढ्ने बताए । कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेका कुरा प्रयोगमा ल्याई स्वयं र संस्थाको दिगो विकासमा योगदान गर्ने विश्वास उनले व्यक्त गरे ।

तालिममा कर्मचारीलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा प्रशिक्षण गरिएको थियो । सम्भावित जोखिमका प्रभाव एवं जोखिम न्यूनीकरणका उपायबारे सहभागीलाई तालिम दिइएको लघुवित्तले जनाएको छ । तालिमको सहजीकरण भूमि व्यवस्थापन तालिम केन्द्रका निर्देशक लेखनाथ दाहाल, काठमाडौं तालिम केन्द्रका प्रबन्धक राजबहादुर गिरी, संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोेलले गरेका थिए । भविष्यमा पनि यस प्रकृतिका तालिमलाई निरन्तरता दिइने र कर्मचारीलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको लघुवित्त हो । संस्थाले १३० शाखामार्फत ६० जिल्लामा वित्तीय सेवा दिइरहेको छ । यसमध्ये केही खुल्ने प्रक्रियामा रहेको र छिटै सञ्चालनमा आउने संस्थाले जनाएको छ । संस्थाले करिब १ लाख २५ हजार घरपरिवारलाई वित्तीय सेवा दिँदै आएको लघुवित्तले जनाएको छ ।