Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कैलाश विकास बैंकको हकप्रद ग्लोबल आईएमई क्यापिटलले निष्काशन गर्ने

२०७३ श्रावण ३० गते

kailashकैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत(पाँच बराबर एक) हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले हकप्रद शेयर निष्काशन तथा विक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । शेयर निष्काशनका लागि ग्लोबल क्यापिटल र कैलाश विकास बैंकबीच आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैकका तर्फबाट कृष्णराज लामिछाने र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।   

बैंकको हालको चुक्ता पुँजी १ अर्ब ५८ करोड ३लाख ३६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड १६ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारु हुनेछ । यो हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी १ अर्ब ८९ करोड ६४ लाख ३ हजार २ सय कायम हुनेछ ।