
बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (युएसएलबी) ले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्मको मुनाफा तथा वितरणयोग्य जगेडा कोषबाट सेयरधनीलाई करिब १७ दशमलव ८१ प्रतिशत बोनस दिने घोषणा गरेको हो । यसपटक लघुवित्तले सेयरधनीलाई नगद लाभांश भने दिएको छैन ।
आइतबार बसेको सञ्चालन समितिको १६०औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्रबैंकबाट स्वीकृत भई संस्थाको साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।
गत आवको असारमसान्तसम्म लघुवित्तको चुक्तापुँजी १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ थियो । बोनसपश्चात् लघुवित्तको चुक्तापुँजी करिब साढे १७ करोड पुग्नेछ ।


