Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्वारा महिला समूहलाई व्यावसायिक तालिम प्रदान

२०७७ फाल्गुन २० गते

बैंकिङ खबर । गरीबीलाई दिगो रूपमा घटाउन विपन्न वर्गलाई वित्तीय सेवा र वित्तीय पहुँचको साथै वित्तीय साक्षरता, सीपमुलक तालिम तथा ब्यावसायिक साक्षरता लगायतका अन्य गैरवित्तीय सेवा पनि आवश्यक हुन्छन् भन्ने मन्यताका धनी नेपालका लघुवित्तका पिताको रूपमा सम्मानीत मौद्रिक अर्थशास्त्री डा. हरिहर देव पन्तले अङ्गालेको बाटोलाई निरन्तरता दिंदै काठमाडौंको नक्सालमा मुख्य कार्यालय रहेको निर्धन संस्थाले २०७७ फागुन १७ गते देखि १९ गते सम्मसिराहा जिल्लाको हुलाकीटोल ४, लाहानका महिला समूहका ग्राहक सदस्यहरु मध्येका ३२ जना विपन्न ग्राहक सदस्यहरुलाई ब्यावसायिक भैंसीपालन सम्बन्धी प्राविधिक ज्ञान, लघुबीमा, खर्च मूल्यांकन तथा व्यवस्थापन, नाफा नोक्सानको हिसाब राख्ने लगायत लघुवित्तको बारेमा विस्तृत जानकारी सहित तालिम प्रदान गरेको छ ।
कार्यक्रमको उद्घाटन शत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड लाहान शाखाका शाखा प्रबन्धक सुनिल कुमार सिंहले प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तको शुभकामना सन्देश सुनाउनुभएको थियो । उक्त सन्देश मार्फत पन्तले जसरी गमलामा लगाइएको बिरुवाले बिशाल बृक्षको रुप लिनका लागि बिरुवालाई नर्सरीमा राखिएको गमला पछि उसको आवश्यकता अनुसारको माटो, मल, पानी र क्षेत्रफलको आवश्यकता पर्दछ, त्यसै गरी उद्यमीको क्षमता र संभावनाअनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पु¥याउन आवश्यक छ । आज शुरु गरेको सानो स्तरको व्यवसाय भोलि बृहत स्तरको रोजगारीको सिर्जना गर्न सक्ने उद्योग बन्न सक्दछ । तसर्थ हाम्रा सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरुको क्षमताअनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु-याई उत्पादनमा प्रति इकाइ लागत कम गरी उत्पादकत्व बढाउदैं बृहत स्तरको व्यवसायी/उद्यमी बनाउने उद्धेश्य अनुरुप उन्मुख भई तपाँइहरुलाई आवश्यकता अनुसार सिप बिकास, उद्यमशिलता बिकास तालिमहरु प्रदान गरिरहेका छौं । यस तालिमबाट तपाँइहरुको व्यवसायिक क्षमता अभिबृद्धि भई उत्पादकत्व र आम्दानी बृद्धि भई आर्थिक र सामाजिक अवस्थामा सुधार हुने विश्वास गरेका छौं भन्नु भयो ।

तालिमको समापन सत्रमा बोल्दै सहभागीहरुको तर्फबाट संगीता यादवले आयोजकहरुलाई धन्यवाद दिनुभयो । तालिमका सहभागीहरुले ब्यावसायिक रुपमा भैंसीपालन गर्ने लगायत आम्दानी खर्चको हिसाब राख्ने सम्बन्धमा समेत तालिम दिइएको हुँदा उपरोक्त तालिम आफूहरुलाई ज्यादै लाभदायी हुने बताउनुभयो ।
तालिमको समापन कार्यक्रमका मुख्य अथिति लाहान न.पा. ४, हुलाकी टोलका वडा अध्यक्ष रामबाबु पण्डितले आफ्नो मन्तव्य राख्दै प्रशिक्षार्थीलाई तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न र लघुउद्यमी बन्न शुभकामना व्यक्त गर्नु भयो ।
आयोजकको तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनजोले वि.सं. २०४७ मा डा. हरिहर देव पन्तको नेतृत्वमा स्थापित निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपाल कै पहिलो बिना धितो ऋण प्रवाह गर्ने लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते देखि विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरी मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम,विभिन्न सेवामूलक र सचेतना मूलक कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी गराउनुको साथै सहभागी महिलाहरुलाई तालिममा हासिल गरेका सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रमको समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड लाहान शाखाका शाखा प्रबन्धक सुनिल कुमार सिंहले आफ्नो मन्तव्य मार्फत प्रशिक्षार्थीलाई तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न आह्वान गर्नुभयो । तालिममा सहभागी महिलाहरुलाई व्यवसाय संचालन गर्न र विस्तार गर्न आवश्यक पूँजी निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडद्धरा उपलब्ध गराउन सकिने समेत जानकारी गराउनु भयो ।