कृषि विकास बैंकले १ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद साधारण शेयर जारी गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले आइतबार एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एस क्यापिटल लि.का तर्फबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका प्रबन्धक संचालक पूर्णचन्द्र दाहालले हस्ताक्षर गरे ।
