
बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय डंग्राहा, मोरङले वित्तीय साक्षरता जनचेतना, प्रहरी–समुदाय साझेदारी र बीउविजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब सय जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा सम्पन्न कार्यक्रममा बालविवाह, बहुविवाह, महिलाहिंसा, लगुऔषधलगायत कानुनी व्यवस्थाका विषयमा इलाका प्रहरी कार्यालय, हरैचाका प्रतिनिधिले प्रस्तुतीकरण गरेका थिए । वित्तीय साक्षरताअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता विषयमा संस्थाका तालिम तथा सामाजिक विकास प्रमुखले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा कृषि प्राविधिक एकाराम माझी थारूले बेमौसमी तरकारी खेतीबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी सदस्यहरूलाई बेमौसमी तरकारीका बीउबीजन वितरणसमेत गरिएको थियो । इलाका प्रहरी कार्यालय, जनता माविले कार्यक्रमको सहजीकरण गरेका थिए । सहजकर्ता संस्था तथा व्यक्तिलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका असुली तथा व्यवस्थापन विभाग प्रमुख रघुनाथ सुवेदी र बिर्तामोड क्षेत्रीय प्रबन्धक सुशीलकुमार बुढाले मायाको चिनो प्रदान गरेका थिए ।


