August 14th, 2016

टुरिजम विकास बैंकको शतप्रतिशत हकप्रद आउँदै

tourismराष्ट्रियस्तरको विकास बैंक टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड शतप्रतिशत शेयर निष्काशन गर्ने भएको छ । जसअनुसार बैंकको १ कित्ता शेयर हुनेले एक कित्ता नयाँ हकप्रद शेयर पाउने छन् । बैंकको साउन २७ गते बसेको १६१ औं सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद निष्काशन निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी ७८ करोड ९६ लाख ४४ हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद शेयर जारी गरेपश्चात् चुक्ता पूँजी दोब्बर अर्थात १ अर्ब ५८ करोड पुग्ने छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार टुरिजमले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने हुन्छ । हकप्रद नियामकबाट स्वीकृति पाए पछि र बैंकको विशेष साधारणसभाबाट पारित भएपछि शेयरधनीका लागि जारी गरिने बैंकले जनाएको छ ।