August 14th, 2016

युनिक फाइनान्सका शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर

unique financeयुनिक फाइनान्सले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको साउन २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो प्रस्ताव अघि सारेको छ । साथै, २० लाख ९ हजार ३ सय ४७ रुपैयाँ नगद लाभांश जारी गर्ने प्रस्ताव समेत गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी साधारण सभाबाट पारति भएमा शेयरधनीलाई वितरण गरिने बताइएको छ ।