व्यवस्थापिका संसद बैठकमा अर्थ समितिले नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयकसहितका तीन वटा विधेयकमाथिका प्रतिवेदन पेश गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको व्यवस्थापिका संसद बैंठकमा अर्थ समितिले राष्ट्र बैंक दोश्रो संशोधन विधेयकसहित लेखा परीक्षण पहिलो संशोधन विधेयक २०७१ र कर्मचारी संचय कोष नवौं संशोधन विधेयक २०७१ विधेयकमाथीको प्रतिवेदन पेश गरेको हो । समितिले अलग–अलग उपसमिति गठन गरेर विधेयकहरुमाथि प्रतिवेदन तयार पारी संसदमा पेश गरेको हो । समितिले तीनवटै विधेयक दफावार छलफलका लागि गत माघ ५ गते समितिमा पठाएको थियो ।




