प्रभु क्यापिटलले बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खोलिदिने

प्रभु क्यापिटल लिमिटेडले बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रभु क्यापिटलका चिफबिजनेस अफिसर वासु थपलियाूले स्वागत मन्तब्य दिनुभएको थियो । उहाँले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदानग रिने बताउनु भयो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले गर्नुभएको थियो । वाग्लेले शेयर बजार सम्बन्धी तालिम फलदायी भएको तथा शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने उल्लेख गर्नुभयो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गर्नु भएको थियो भने सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टिकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।


सोसिअल मेडिया