February 19th, 2021

लक्ष्मी लघुवित्तद्धारा सुदुर पश्चिमका ग्राहकलाई बेमौसमी तरकारी खेती तालिम प्रदान

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमश २ दिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गतेदेखि फाल्गुन ४ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६९ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।

बेमौसमी तरकारी खेती सम्बन्धी सीप र क्षमतालाई अभिवृद्धि गरी स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको थियो । तालिमको उद्धघाटन कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले बेमौसमी तरकारी खेती तालिमको माध्यमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारी महिला कृषकहरुले आर्यआर्जनका क्षेत्रलाई फराकिलो बनाई आर्थिक पाटो मजबुत बनाउनु पर्ने कुरा बताउनु भएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषिविशेषज्ञ) ओम प्रकाश भुसालले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र वित्तीय साक्षरता संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]