छिमेक लघुवित्तको बजेट समीक्षा तथा शाखा ब्यवस्थापन तालिम

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना ५ वटा क्षेत्रीय कार्यालय अन्तर्गतका १३७ वटा शाखाका शाखा प्रबन्धक तथा ६० वटा डिजिटल प्वाईन्टका सुपरभाईजरहरुलाई सहभागि गराई धुलिखेल स्थित सारथी होटलमा चालु आ.व.को बजेट समीक्षा तथा पुनरावलोकन गर्नुको साथै आन्तरिक तथा बाह्य प्रशिक्षकहरु मार्फत ब्यवस्थित शाखा ब्यवस्थापनको तालिम उपलब्ध गराएको छ । उक्त कार्यक्रममा सबै क्षेत्रका शाखा प्रबन्धकहरुलाई फागुन २ गतेबाट सुरु गरी १४ गते सम्पन्न गरिने भएको हो ।
उक्त कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखहरु लगायत प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, पूर्व कार्यकारी प्रमुख रामचन्द्र जोशी तथा बाह्य तालिम प्रशिक्षकहरु मार्फत शाखा प्रबन्धकहलाई ब्यवस्थित शाखा सञ्चालन सम्बन्धमा प्रशिक्षित गराईएको छ । उक्त प्रशिक्षणबाट शाखा प्रबन्धकहरुको क्षमता अभिबृद्धि हुनुको साथै उत्प्रेरित भई आगामी दिनमा शाखाबाट प्रभावकारी ढंगबाट आफ्ना ग्राहक वर्गमा सेवा प्रवाह गर्ने र वित्तीय संस्थाको गुणस्तरीय विकासमा टेवा पुग्ने संस्थाको विश्वास छ ।


सोसिअल मेडिया