February 17th, 2021

मिर्मिरे लघुवित्तद्धारा वित्तीय साक्षरतासँगै सरसफाई कार्यक्रम संचालन

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रुपनगर, सप्तरीले करिब १५० जना स्थानीयहरुको सहभागितामा बित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत महिला हिंसा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खोपवा, बाराले बित्तीय साक्षरता तथा सरसफाई कार्यक्रम संचालन गरेको छ । करिव १०० जना स्थानीयहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बारागढी गाउँपालिका वार्ड नं ३, इलाकाप्रहरी कार्यालय– खोपवा, बारा जिल्ला यूवा क्लबको प्रयोजन र मिर्मिरे लघुवित्तको आयोजनामा कार्यक्रम भएको हो ।

वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तको परिचय, बचतको महत्तव, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति साथै ब्लक स्टेशन प्रमुख राम किशोर चौधरीले स्थानीय भोजपूरी भाषामा जनचेतना दिएका थिए ।  त्यस्तै सरसफाई कार्यक्रम खोपवा चोकबाट सुरु भई खोपुवा बजारमा समापन भएको हो । समापन कार्यक्रममा बोल्दै बारा जिल्ला यूवा क्लबका अध्यक्षले प्रत्येक महिनाको शनिबार सरसफाई कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए ।
समापन मन्तव्यको क्रममा बोल्दै इलाका प्रहरी कार्यालयका प्रतिनिधिले मिर्मिरे लघुवित्तले स्थानीय बजार तथा अन्य ठाउँ सरसफाईमा अग्रसरता देखाएकोमा खुशि व्यक्त गर्दै उनले स्थानीयलाई सफा गर्ने कुरामा जिम्मेवार हुन सुझाएका थिए । सरसफाई कार्यक्रमलाई निरन्तरता दिलाउन मिर्मिरे लघुवित्तले बारा जिल्ला यूवा क्लबलाई झाडु, मास्क, गल्बस लगाएतका सामाग्री हस्तान्तरण समेत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]