४ करोड ७ लाख रुपैयाँको आइपीओ आउँदै

बैंकिङ खबर । रुरु जलविद्युत् परियोजनाले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरिन लागेको हो । रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने छ । पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ । स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन भर्न पाइनेछ ।


सोसिअल मेडिया