आइतबार ८० प्रतिशत कारोबार अनलाइनबाटै : नेप्से

बैंकिङ खबर । आइतबार ८०.०६ प्रतिशत कारोबार अनलाइनबाट भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आज शेयर बजारले नयाँ रेकर्ड कायम गरेपछि नेप्सेले विज्ञप्ति जारी गर्दै सबैलाई शुभकामना समेत दिएको छ। नेप्सेका अनुसार आजको कारोबारमा ५० हजार ९ सय २३ जना लगानीकर्ता सहभागी भएका थिए भने हालसम्म ३ लाख २७ हजार बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्।


सोसिअल मेडिया