Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने

२०७७ माघ १३ गते

बैंकिङ खबर । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणम नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने भएको छ । यसको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएलएस क्यापिटलले यसको तयारी समेत भइरहेको जानकारी दिएको छ ।
बैंकले १ लाख ६० हजार कित्ता कर्मचारीलाई, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्टाएको छ । यसको आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् जुन माग भन्दा २.३९ गुणा बढी हो ।

Ad