January 22nd, 2021

चन्द्रागिरि हिल्सको सेयर बाँडफाँड : एक लाख ३९ हजारले पाउँदा १० लाख ७१ हजारको हात खाली

बैंकिङ खबर । चन्द्रगिरि हिल्सको आइपीओ बाँडफाँड भएको छ । चन्द्रागिरिको सेयरमा आवेदन गरेका कुल आवेदकमध्ये एक लाख ३९ हजार ६०२ जनाले सेयर पाएका छन् भने १० लाख ७१ हजार ५ सय १३ जनाको हात खाली भयो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गरेको हो । 

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो । यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो भने १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । यो मागको तुलनामा १७.५३ गुणा बढी हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]