January 22nd, 2021

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त बिच एक्विजिसनको सहमति

बैंकिङ खबर । केन्द्रीय कार्यालय धादिङको धादिङबेसीमा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले मकवानपुर जिल्ला चित्लाङ स्थित रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.लाई मिति २०७७।१०।०८ गतेका दिन प्राप्ति (एक्वीजिसन) गर्ने सहमति पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.बाट संचालक समितीको अध्यक्ष केशव प्रसाद आचार्य र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को संचालक समितीको अध्यक्ष अमृत चरण श्रेष्ठले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।सहमति पत्रमा हस्ताक्षर कार्यक्रम काठमाडांै जिल्ला लाजिम्पाट स्थित होटल एम्बेसडरमा संचालन भएको थियो । उक्त कार्यक्रममा दुबै संस्थाको संचालक समितीको सदस्यहरु, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत सुमिन्त्रा मानन्धर लगायत दुबै संस्थाको विभागीय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । हस्ताक्षर कार्यक्रम पश्चात दुबै संस्थाको अध्यक्षहरुले सहमति पत्र एक अर्का लाई हस्तानान्तरण गर्नु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]