January 21st, 2021

३२ अंकले वृद्धि हुँदा नयाँ उचाइमा नेप्से, सेयर बजारमा नयाँ रेकर्ड

बैंकिङ खबर । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से ३१.८७ प्रतिशत वृद्धि हुँदा २३७४.६४ अंकमा बन्द भएको छ । बजारमा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३२ रुपैँयाको कारोबार भएको छ । आज नेप्सेमा ६९ हजार ३३३ वटा कारोबारमा २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर कारोबारमा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५३ करोड ३३ लाख १२ हजार रुपैयाँको सर्वाधिक शेयर कारोबार भएको छ । यस्तै, कारोबारमा बीमा समूह र वित्त समूहको परिसूचक उच्च अंकले बढेको छ । आज निर्जीबन बीमा समूहको परिसूचक सर्वाधिक बढी ४.९४
प्रतिशत, लघुवित्त समूहको ४ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक ३.७७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]