
बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ आवेदनमा नयाँ रेकर्ड कायम गरेको छ । आवेदन दिने अन्तिम दिन आज मंगलबार सम्म १५ लाख २९ हजार ४६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता सेयरको लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। आईपीओका लागि परेको यो आवेदन अहिलेसम्मकै उच्च हो । यसअघि चन्द्रागिरी हिल्सको आईपीओमा सर्वाधिक १२ लाख ५१ हजार कित्ता आवेदन परेको थियो ।