January 15th, 2021

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ठुलो आइपीओ खुल्यो, माघ ६ गतेसम्म भर्न सकिने

बैंकिङ खबर । लामो समयदेखिको पर्खाइमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आन माघ २ गतेबाट आइपीओ निश्कासन गरेको । यो आइपीओ अहिलेसम्मकै सबैभन्दा ठुलो आकारको हो । बैंकले शुक्रबारबाट ८ अर्ब रुपैयाँको आइपीओ निष्काशन गरेको छ । आईपीओ भर्नका लागि अनलाइनमार्फत मेरो सेयरबाट र बैंकवित्तहरुबाट आवेदन दिन सकिन्छ । बैंकले १ लाख ६० हजार कित्ता कर्मचारीलाई, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्टाएको छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन भर्न सकिने छ । आवेदन भर्ने म्याद पहिलो चरणमा माघ ६ गतेसम्म रहेको छ । सो अवधिमा आवेदन कम परेमा भने माघ १६ गतेसम्म बिक्री खुल्ला रहने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]