Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

फेरि सेलाए लगानीकर्ता : विहीबारको शेयर कारोबार सवा १ अर्बमा सिमित

२०७३ श्रावण २७ गते
सेयर:

economicसाताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेन्जमा सवा १ करोडभन्दा बढीको कारोबार भएको छ । दिनभरिमा १ सय ४७ वटा कम्पनीको ३५ लाख ४४ हजार ७ सय ८४ कित्ता शेयर ७ हजार ५ सय ९७ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा घटेको हो । बुधबार २ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ । विहिबार बैंकिङ समूहको कारोबार पनि ह्वात्तै घटेको छ । बुधबार १ अर्बमाथिको कारोबार भएको बैंकिङ समूहको विहिबार ६४ करोडभन्दा माथिको कारोबार भएको छ भने विकास बैंकको बुधबार २९ करोडमाथिको कारोबार भएकोमा विहिबार २४ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, फाइनान्स समूहको ४ करोडको कारोबार भएको छ । 

धेरै कारोबार गर्ने कम्पनीको अग्रस्थानमा रहेको नेपाल बैंकको १३ करोड ७१ लाखमाथिको शेयर कारोबार भएको छ भने एनबी बैंकको ७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, ५ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर खरिदविक्रि हुँदा टुरिजम डेभलपमेन्ट बैंक र जनता बैंकको कारोबारले पनि ५ करोड नाघेको छ । सिद्धार्थ बैंकको ४ करोडभन्दा माथिको कारोबार हुँदा एनएमबी बैंक, इन्भेष्टमेन्ट बैंक, अरुण भ्याली हाइड्रो, कृषि विकास बैंक लगायतले ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

५० भन्दा बढी कम्पनीका लगानीकर्ताले कमाएको दिन अधिकांश बैंकहरुले कमाएका छन् । एभरेष्ट बैंक (सीपी) का लथानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एनआईडीसी क्यापिटल मार्केट्स, हाम्रो विकास बैंक, माउण्ट मकालु डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, टुरिजम डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, ललितपूर फाइनान्स लगायतका लगानीकर्ता छन् । 

कारोबार रकमसँगै विहीबार नेप्से परिसूचक पनि घटेको छ । धितोपत्र बोर्डले शेयर बजारमा रहेको आशंका गरिएको कालोधनको अनुगमन गर्न बनाएको समिति खारेज गरेपछि बढ्न थालेको बजार लगातार २ दिन बढेर विहिबार घटेको हो । दिनभरिको ४.७० अंकले घटेर बजार अहिले १७७४.८७ अंकमा कायम भएको छ । विहीबारको बजार बीमा र जलविद्युत्ले घटाएका छन् । यी समूह क्रमशः ६२.३९, र १३.०९ अंकले घटेका छन् । वाणिज्य बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य पनि क्रमशः ४.५५, १.४८, ६.२८ र १.१५ अंकले घटेका छन् । होटल र विकास बैंक क्रमशः १३.२५ र ३.१९ अंकले बढेका छन् ।