वोमी लघुवित्तको नवौ वार्षिक साधारण सभा सम्पन्न

 

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा बनेपा नगरपालिका–१३, साँगा, काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा मिति २०७७ पौष २८ गते मंगलवार संस्थाकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानको अध्यक्षतामा सफलता पूर्वक सम्पन्न भएको छ । उक्त सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने तथा चुक्ता पूँजी रु २७,७८,४८,०००।– को ३० प्रतिशतले हुन आउने रकम रु.८३३,५४,४००।– बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्बसम्मतीले पारित गरेको छ । सभामा तिलक राज पाण्डे, सुदर्शन प्रसाद अधिकारी र लक्ष्मीराज पौडेलले शुभकामना मंन्तब्य राख्नुभएको थियो । हाल संस्थाको ३८ जिल्लामा ६१ वटा शाखा कार्यलयहरु मार्फत ४७,००० सदस्यहरुमा कुल उठाउन बांकी कर्जा रकम रु.३ अर्व तथा बचत रकम रु. १ अर्ब १० करोड संकलन गरेको छ ।


सोसिअल मेडिया