January 13th, 2021

लक्ष्मी बैंकको नवौं बार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मिति २०७७ पौष २९ गते बुधवार संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

नवौं बार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजी रु.२७ करोड ८३ लाखको ८.१६ प्रतिशतले हुने नगद लाभांश रु.२ करोड २७ लाख ३ हजार ४२१ (कर समेत) र १५ प्रतिशतले हुन आउने रकम रु. ४ करोड १७ लाख ४५ हजार बराबरको वोनश शेयर पारित गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ३२ करोड ४५ हजार पुग्नेछ ।

साथै, अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लाई समेत निरन्तरता प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५२ जिल्लाहरुमा ७२ वटा शाखा कार्यालयहरु मार्फत ९० हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु-याएको छ । त्यस्तै गरी संस्थाले ५.६८ अर्ब कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट १.८३ अर्ब बचत संकलन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]