January 13th, 2021

छिमेक लघुवित्तको १९औं वार्षिक साधारण सभा सम्पन्न

 

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाको १९औंं वार्षिक साधारण सभा हेटांैडाको होटल सामना प्रा.लि.मा मिति २०७७ पौष २९ गते बुधवार वित्तीय संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । काठमाण्डौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६७ जिल्लामा १३७ वटा शाखा मार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयरधनीहरुलाई आ.व. २०७६/७७ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस शेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले पारित गरेको छ । यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वित्तीय संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राख्नु भएको थियो । यस वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचनमा आगामी चार वर्ष कार्यकालको लागी कर्ण बहादुर घले र प्रकाश राज विष्ट र्निविरोध निर्वाचित हुनु भएको छ । साथै संस्थाको अधिकृत पूँजी २ अर्व लाई बृद्धि गरि ३ अर्व पु¥याउने निर्णय समेत यस साधारण सभाले पारित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]