उन्नति सहकार्य लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । सोमबार वित्तीय संस्थाले पिडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाको पोखरा ३२ स्थित उन्नति सितल नगर महिला समूहकी सदस्य स्व.माया दर्जि को निधन भएपछि सदस्यले पाउने बीमा वापतको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ । सो रकम मृतकको छोरा आशिष् परियारलाई बीमा वापतको १ लाख ३० हजार चौताराका शाखा प्रमुख सन्तोष पौडेलले हस्तान्तरण गरेका हुन् । पौडेलका अनुसार समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।


सोसिअल मेडिया