January 7th, 2021

बैंकहरुले इन्टरनेट तथा एसएमएस शुल्क लिनुअघि ग्राहकलाई जानकारी गराउनु पर्ने

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिनुअघि पूर्व जानकारी गराउनुृ पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै यस्तो व्यबस्था गरेको हो । त्यसैगरी एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने प्रावधान तोकेको छ । कोरोना महामारी र लकडाउन यता यस्तो शुल्क नलाग्ने बनाइएको थियो । त्यस अघि भने यस्तो सुविधामा बैंकहरुले ५० रुपैयाँ प्रतिपटक शुल्क काट्दै आएका थिए । राष्ट्र बैंकको निर्देशिका अनुसार एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निशुल्क दिनुपर्ने छ । त्यसपछि अन्य कारोबारमा प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]