January 8th, 2021

विकास बैंकहरुलाई प्रतिश्प्रर्धा गर्न कठिन, मर्जरबाटै मेटिए नामी बैंकहरु !

बैंकिङ खबर । विकास बैंकको सूचिबाट अर्को एउटा विकास बैंकको नाम हट्ने भएको छ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक विलय हुने भएको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि अब सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकीकृत कारोबार हुने छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न लागेको हो । सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेपछि भने सो बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० रेसियोको सेयर सिटिजन्स बैंक इन्टरनेसनलको ९६ तय गरीएको छ ।

अब्बल भनिएका पनि विलय भएपछि ….

नाम कमाएका र राम्रो नाफा गरेका विकास बैंकहरु समेत गाभिएको अबस्थामा साना विकास बैंकहरुले आफूलाई टिकाउन नसक्ने नै देखिएको छ । राम्रो मानिएका राष्ट्रिय स्तरका विकास बैंकहरु नै गाभिएका वेला अन्य विकास बैंकहरुले आफूलाई सुरक्षित गर्न अरुमा भागिने नीति नै लिएका छन् । राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंक केही समय अघि एनएमबी बैंक लिमिटेडमा मिसियो । ओम राष्ट्रिय स्तरको विकास बैंक थियो । राष्ट्रय स्तरको विकास बैंक विलय हुने प्रारम्भ पनि ओमले नै गरेको थियो । त्यसपछि राष्ट्रियस्तरको अर्को गण्डकी विकास बैंक मेगा बैंकमा गाभियो । त्यसैगरी राष्ट्रिय स्तरको विकास बैंक कैलाश विकास बैंक प्राइम कमर्शीयल बैंकमा गाभियो भने राष्ट्रिय स्तरको देव विकास बैंक कुमारी बैंकमा गाभियो । हाल साना र राष्ट्रिय स्तरका गरि करिव डेड दर्जनको संख्यामा रहेका विकास बैंकहरुमध्ये केहीले मर्जरको तयारी गरीरहेका छन् । अब्बल भनिएका बैंकहरु मर्जरमा जान थालेपछि ससाना विकास बैंकहरु टिक्न सक्ने कुरै भएन । फलस्वरुप साना विकास बैंकहरु गाभिन बाध्य भइरहेका छन् ।

ज्योति विकास बैंकको पनि मर्जर तयारी
उता ज्योति विकास बैंकले पनि मर्जरको तयारी थाल्ने भएको छ । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट साधारण सभा सभा सञ्चालन गर्ने निर्णय गरेको छ । बैंकले माघ १४ गते १३ औं वार्षिक साधारण सभामा मर्जर तथा प्राप्तीलाई मुख्य प्रस्ताव बनाउने भएको छ । उपयुक्त कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भलाई बैंकले जोड दिएको बैंकका एक उच्च अधिकारीले बताएका छन् । ज्योति विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो ।

नेपाल राष्ट्र बैंकको मर्जर नीति
नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै गएपछि नेपाल राष्ट्र बैंकको नियमन क्षमताभन्दा धेरै भयो भनेर सुझाव आउन थाल्यो । त्यसपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी विनियमावली जारी गर्यो । यस विनियमावलीका वावजुत पनि बैंकको संख्या खासै घट्न सकेन । तत्पश्चात २०७२ सालमा गभर्नरका रुपमा डा. चिरंजीवि नेपालले बैंकवित्तको पुँजी बृद्धि नीति लिएपछि बैंकहरु मर्जरमा जान बाध्य भए । जसपछि समस्याग्रस्त तथा कमजोर केही संस्थाहरु एक आपसमा गाभिएर समस्याग्रस्त बैंकवित्तको संख्या सुन्नामै झर्यो । राष्ट्र बैकको गर्भनरको कार्यभार डा। चिरंजीबि नेपालले सम्हालेपछि २०७२ सालमा पूँजी वृद्धिको नीति ल्याइयो । त्यसपछि भने बैंकिङ क्षेत्रमा मर्जरको लहर नै चल्यो । वाणिज्य बैंकहरुको संख्यामा कमी आउन नसकेपनि ठूलो संख्यामा विकास बैंक र फाइनान्सहरुको कटौति भयो । अधिकाम्स बैंकहरुले पूँजी पुरा गरे सँगै केही कायम रहेका क्षेत्रीय स्तरका विकास बैंक र वित्त कम्पनी तथा अहिले सम्म मर्जर प्रक्रियामा नरहेका लघुवित्तको मर्जलाई पुनः राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई संघीय संरचनामा लैजाने नयाँ नीतिले प्रभाव पारेको छ । राष्ट्र बैंकको उक्त नीति सँगै अहिले बैंक, विकास बैंक तथा वित्त कम्पनी र लघुवित्तसमेत मर्जरमा जाने प्रकृयामा छन् । 

१९९४ सालमा पहिलो बैंकको रुपमा नेपाल बैंकको स्थापना भएपछि नेपालमा बैंकको औपचारिक सुरुवात भएको हो । त्यसपछि २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना तथा २०२४ सालमा कृषि विकास बैंकको स्थापना भएको हो । २०४० दशकको सुरुवातसम्म सरकारी स्वामित्वमा दुई वटा वाणिज्य बैंक र दुई वटा विकास गरी चार वटा मात्रै बैंक सञ्चालनमा थिए । २०४२ पछि निजी क्षेत्रले पनि बैंक खोल्न पाउने नीति आएसँगै निजी क्षेत्रको पहिलो बैंकको रुपमा नविल बैंक तत्कालिन नेपाल अरब बैंक०ले कारोबार सुरु गर्यो । त्यसपछि क्रमशः अन्य बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुँदै २०६८ सम्म आइपुग्दा २ सय १८ वटा वित्तीय संस्था पुगेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]