January 2nd, 2021

साताको सेयर बजारः २२ अर्ब ७६ करोडको सेयर कारोबार

 

बैंकिङ खबर । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २२ अर्ब ७६ करोड सेयर कारोबार भएको छ । जुन गत साताको तुलनामा ११ अर्ब ९५ करोड रुपैयाँ अर्थात ३४.४४ प्रतिशत कम हो। यस साता नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउन सफल भएको छ। अघिल्लो २०७१ को रेकर्डलाई तोड्दै यस साताको अन्तिम कारोबार दिन नेप्सेले नयाँ रेकर्ड बनाएको हो। गत साता २०३८.६३ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता २.३९ प्रतिशत अर्थात ४८.६४ अंक बढेर २०८७.२७ विन्दुमा बन्द भएको छ। जुन हालसम्मकै हाइ क्लोजिङ्ग पोइन्ट हो। नेप्सेसँगै यस साता सेन्सेटिभ इण्डेक्स पनि बढेको छ। गत साता यो इण्डेक्स ३.०९ प्रतिशत अर्थात ११.९४ अंक बढेर ३९८.७० विन्दुमा बन्द भएको छ।

यो नेप्से बढेपनि यस साता कारोबार रकममा भने कमी आएको छ। अघिल्ला साता ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस साता २२ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। बजार पूँजीकरण यस साता २.४३ प्रतिशत बढेर २८ खर्ब ८ अर्ब पुगेको छ। यो हालसम्मकै उच्च बजार पूँजीकरण हो।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १६.२१ प्रतिशत बढेको छ। गत साता १९७८.४३ विन्दुमा बन्द भएको नेप्से यस साता २२९९.१० विन्दुमा बन्द भएको छ। त्यसैगरी, अंकका आधारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५९८.५५ अंक बढेको छ।

यस साता होटल समूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशत घटेको छ। अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२.६२ अंक घटेको छ। बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस साता नबिल बैंक दोस्रो र नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ। यस साता नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]