January 1st, 2021

बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो ८ अर्बको आईपीओ कहिले हुन्छ निष्कासन ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन लागि पुस १० गते अनुमति दिएको हो । बैंकले ८ अर्ब रुपैयाँको बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। बैंकको आईपीओ बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ । क्यापिटलका अनुसार आईपीओ निष्कासनको प्रकृया अन्तिम चरणमा पुगेको छ ।

‘यतिबेला आईपीओ निष्कासनको प्रकृया अन्तिम चरणमा पुगेको छ, क्यापिटलले भन्यो, ‘केहि दिनमा आह्वान पत्र जारी गरी आईपीओ निष्कासन गर्ने छौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हाल चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेको छ । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी पनि २० अर्ब रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]