December 30th, 2020

सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त

बैकिङ खबर । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए ।

श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२ हजार ३९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आई रहेको छ । यस वित्तीय संस्थाले रु। २ अरब ३५ करोड ४७ लाख लगानीमा रहेको रकम र रु। ६९ करोड ८८ लाख बचत परिचालन गरी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]