December 30th, 2020

मिर्मिरे लघुवित्तद्धारा दुई दिवसीय तालिम तथा अन्तरक्रिया कार्यक्रम आयोजना

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय बिर्तामोडले उक्त क्षेत्र अन्तर्गतका शाखा प्रबन्धकहरु तथा सहायक स्तरीय कर्मचारीहरुलाई सहभागी गराई दुई दिवसीय तालिम तथा अन्तरक्रिया कार्यक्रमकोे आयोजना गरेको छ । लामो समयसम्म रहेको बन्दाबन्दीको अवधिमा कुनैपनि कार्यक्रमहरु हुन नसकेको अवस्थामा शाखाहरुको कारोवार र कार्यसञ्चालनको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया भई शाखा व्यवस्थापन र जोखिम व्यवस्थापन विषयमा तालिम समेत सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममा सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले जोखिम व्यवस्थापन, शाखा व्यवस्थापन तथा तनाव व्यवस्थापन, शुसिल कुमार बुढाले लेखा र प्रभाबकारी कार्य सञ्चालन, गीता खरेलले प्रभावकारी कार्यसञ्चालनमा कर्मचारीको भूमिका र प्रकाश बोगटीले कर्जा व्यवस्थापन विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै सञ्चालक दिपबहादुर श्रेष्ठले कर्मचारीहरुले उच्च मनोबलका साथ विभिन्न जोखिमहरुलाई व्यवस्थापन गर्दै व्यवसायिक उपलब्धि हासिलका लागि कारोवारहरुको गुणस्तर बृद्धि हुनेगरी कार्य गर्न निर्देशन दिनुभयो ।
गीता खरेलले सञ्चालन गर्नुभएको यस कार्यक्रममा क्षेत्रीय प्रबन्धक बेद प्रसाद आचार्यले समापन मन्तव्य राख्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]