Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आज नेप्सेमा १० कम्पनीको मूल्य समायोजन

२०७७ पुष १५ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज (बुधवार पुस १५ गते) १० कम्पनीहरुको मूल्य समायोजन गरेको छ । यी कम्पनीहरुले लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले नबिल बैंकको ३३.५० प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य १०३८ रुपैयाँ निर्धारण गरेको छ। मंगलबार बैंकको शेयर प्रतिकित्ता १३८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

 

नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता ३८५ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर दोस्रो बजारमा ४०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

ग्लोबल आइएमई लघुवित्तको २७.४७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १३५९ रुपैयाँ निर्धारण गरेको छ। लघुवित्तको शेयर दोस्रो बजारमा १७३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कृषि विकास बैंक १५ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता ४२४ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर दोस्रो बजारमा ४८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

वोमी लघुवित्तको ३० प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ७०३ रुपैयाँ निर्धारण गरेको छ। लघुवित्तको शेयर दोस्रो बजारमा ९१४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

स्पर्स लघुवित्तको १९.५० प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ८१३ रुपैयाँ निर्धारण गरेको छ। लघुवित्तको शेयर दोस्रो बजारमा ९७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

छिमेक लघुवित्तको २२ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले लघुवितत्तको शेयरमूल्य प्रतिकित्ता ११३५ रुपैयाँ निर्धारण गरेको छ। लघुवित्तको शेयर दोस्रो बजारमा १३८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

 

मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले फाइनान्सको बैंकको शेयरमूल्य प्रतिकित्ता ३२१ रुपैयाँ निर्धारण गरेको छ। फाइनान्सको शेयर दोस्रो बजारमा ३७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७.३७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरेको छ। फाइनान्सको शेयर दोस्रो बजारमा २०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

ङादी ग्रुप पावरको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता २१८ रुपैयाँ निर्धारण गरेको छ। कम्पनीको शेयर दोस्रो बजारमा २४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

बुक क्लोजको आधारमा मंगलवारसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Ad