
बैंकिङ खबर । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेपश्चात कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड जाने भएको हो ।
कम्पनीको वार्षिक साधारणसभा माघ ६ गते मंगलबार हुदैछ । उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को वासला, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ।