Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यी ४ कम्पनीको सेयरमूल्य समायोजन

२०७७ पुष १४ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार पुस १४ गते) ४ कम्पनीहरुको मूल्य समायोजन भएको छ। यी कम्पनीहरुले लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैयाँ निर्धारण गरेको छ। सोमबार बैंकको शेयर प्रतिकित्ता ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २८ गते साधारण सभा आह्वान गरेको छ।

लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर आइतबार दोस्रो बजारमा २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा आह्वान गरेको छ।

त्यस्तै, नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३३७ रुपैयाँ निर्धारण गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्नेछ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस समायोजन पश्चात प्रति कित्ता शेयरमूल्य ९८४ रुपैयाँ कायम भएको छ। लघुवित्तले पनि पुस २७ गते नै साधारण सभा बोलाएको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो।

 

Ad