नेपाल राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा रु. २०, रु. ५०, रु. १००, रु. ५०० र रु. १००० दरका नयाँ नोटहरु छपाएको छ । राष्ट्र बैंकले यस अवधिमा अघिल्ला वर्षहरुमा भन्दा कम खर्चमा नै सो नोटहरु छपाएको जनाएको छ । नेपाली रुपैंयाको अवमूल्यन र मुद्रास्फीति समेतलाई मध्यनजर गरी आर्थिक बचत हुने गरी नोट छपाएको राष्ट्र बैंकको दाबी छ ।
सन् २०१५ र २०१६ मा राष्ट्र बैंकले विभिन्न दरका १०३ करोड थान नोट छपाएको छ । जसमध्ये, सबै दरका नोटहरुको प्रति एकाई खर्च अघिल्लो पटक सोहि दरका नोट छपाई गर्दा लागेको खर्च भन्दा कम छन् । अघिल्लो पटकको तुलनामा प्रति एकाई खर्चमा भएको बचतको हिसाब गर्दा सन् २०१५ र २०१६ मा छापिएका १०३ करोड थान नोटमा बैंकले कुल ८७ करोड ६९ लाख रुपैयाँ बचत गरेको छ ।
कुन दरको नोट छाप्न कति खर्च लाग्यो ?
सन् २०१६ मा रु. १००० दरको २० करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. १.९० खर्च भएको छ । यो खर्च अघिल्लो पटक सन् २०१४ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. ३.९२ प्रति एकाई) को तुलनामा ५१.५३ प्रतिशत कम हो । यसरी सन् २०१६ मा रु. १००० दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई रु.२.०२ बचत गर्दै बैंकले कुल रु. ४०.४० करोड बचत गरेको छ ।
त्यसैगरी बैंकले सन् २०१६ मा रु. ५०० दरको १८ करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. २.९२ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. ३.१३ प्रति एकाई) को तुलनामा ६.७१ प्रतिशत कम हो । यसरी सन् २०१६ मा रु. ५०० दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई .०.२१ बचत गर्दै बंैकले कुल रु. ३.७८ करोड बचत गरेको छ ।
रु. १०० दरको २० करोड थान नोट छपाउँदा अघिल्लो पटकको तुलनामा १६.९९ प्रतिशत रकम बचाएको राष्ट्र बैंकले जनाएको छ । यी नोट छपाईमा राष्ट्र बैंकले प्रति एकाई रु. २.१५ खर्च गरेको छ । जबकी अघिल्लो पटक सन् २०१२ मा सोहि दरको नोट छपाउने क्रममा २.५९ रुपैयाँ प्रति एकाई खर्च गरेको थियो । सन् २०१५ मा भने रु. १०० दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत प्रति एकाई रु.०.४४ बचत गर्दै बैंकले कुल रु. ८.८० करोड बचत गरेको छ ।
सन् २०१५ मा रु. ५० दरको २४ करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. १.४८ खर्च भएको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. २.०६ प्रति एकाई) को तुलनामा २८.१६ प्रतिशत कम हो । यसरी रु. ५० दरको नोट छपाईमा अघिल्लो पटकको तुलनामा प्रति एकाई रु.०.५८ बचत गर्दै बैंकले कुल रु. १३.९२ करोड बचत गरेको छ ।
त्यसैगरी बैंकले सन् २०१६ मा रु. २० दरको २१ करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. १.११ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. २.१ प्रति एकाई) को तुलनामा ४७.१४ प्रतिशत कम हो । यसबाट अघिल्लो पटकको तुलनामा प्रति एकाई रु.०.९९ का दरले कुल २० करोड ७९ लाख रुपैयाँ बचत भएको छ ।
नेपाली रुपैयाँको अवमूल्यन