Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तरकारी बजारमा पनि डिजिटल कारोबार, क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने

२०७७ पुष १० गते

बैंकिङ खबर । अब सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ ।

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टबाटै भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित शुक्रबार गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरे ।

नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको सुरुआत भएको हो । बजार क्षेत्रमा भायनेटले निशुल्क इन्टरनेट समेत उपलब्ध गराएको छ ।

यहाँ तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि चाडैं यो व्यवस्था गरिने उनले बताए । पहिलो चरणमा नक्सालमा सुरु भए पनि चाडैं देशभर पुग्ने उनले बताए ।

 

Ad