Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरएसडिसी लघुवित्तको सेयरमूल्य समायोजन

२०७७ पुष १० गते

बैंकिङ खबर । आरएसडिसी लघुवित्तको पुस १० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५८१ रुपैयाँ कायम गरेको छ।

समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ। नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात ६३३ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तले आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।