
बैंकिङ खबर । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ७.१४ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ७.१४ अंकले बढेर २ हजार ०६८.५६ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.२३ अंकले घटेर ३९०.५२ मा पुगेको छ । आज कूल २०३ सय वटा कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९३ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड २४ लाख ४६ हजार २१५ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ९ समूहको परिसूचक घटेको छ भने बाँकी ३ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स र दोस्रोमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ अर्ब ४३ करोड र नेपाल निर्जिवन बीमा कम्पनीले करिब ४६ करोडको कारोबार गरेको हुन् ।

