Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले नियाल्दैछ सेयर बजारलाई

२०७३ श्रावण २६ गते

stockसेयर बजारमा पछिल्लो समय आएको उतारचढावलाई नियालीरहेको राष्ट्र बैंकले जनाएको छ । सेयर बजारको नियमन गर्ने छुट्टै निकाय भएपनि बजारको सन्तुलन विग्रदा राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धिको नीतिमा असर पुग्ने भएकाले राष्ट्र बैंकले चासो पूर्वक सेयर बजारलाई हेरिरहेको हो । ‘सेयर बजारको अहिलेकै अवस्थाले राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धिको योजनालाई त्यति धैरै असर नपुर्याएपनि हामी त्यससंग गाँसिएकाले चासो राख्नु स्वभाविक हो’ राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक डा. गोपाल भट्टले भने ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ । अब वाणिज्य बैंकहरुले चुक्ता पुँजी न्यूनतम आठ अर्ब पुर्याउनुपर्छ । सेयर बजार ह्वात्तै घट्यो भने चुक्ता पुँजी योजनामा असर पर्न सक्ने भन्ने कुरा गलत भएको डा. भट्टले बताए । उनल भने, ‘अब आठ अर्बभन्दा बढी चुक्ता पुँजी पुर्याउनुपर्छ भन्ने नीति ल्याइयो भने पनि बैंकहरु त्यसको लागि सक्षम भईसकेका छन् ।’