
बैंकिङ खबर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३०.३३ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३०.३३ अंकले बढेर १ हजार ९५२.९२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.४८ अंकले बढेर ३८४.०३ मा पुगेको छ । आज कूल २०१ सय वटा कम्पनीको १ करोड १० लाख ६४ हजार ५६७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ६१९ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ३ समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स र दोस्रोमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७२ करोड र नेपाल निर्जिवन बीमा कम्पनीले ५७ करोडको कारोबार गरेको हुन् ।

