Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको सेयर बजारः ३० अर्ब बढिको कारोबार

२०७७ पुष ३ गते

बैंकिङ खबर । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३० अर्ब बढिको कारोबार भएको छ । यो साता अन्तिम कारोबार दिन नेप्से सूचक २२.७० अंकले घटेर २०३२.१ विन्दुमा अडिएको छ । तथापि, अन्तिम दिन नेप्से सूचक घटे पनि खरिदबिक्री रकममा विशेष उत्साह छाएको छ । यसले बजारमा पर्याप्तमात्रामा क्रेताहरु पनि रहेको र सस्तो भाउमा खरिद गर्न चाहनेहरु सक्रिय देखिएको बुझ्न सकिन्छ ।

बुलिस ट्रेन्डको बजारमा केही समय नेप्से सुस्त भए पनि फेरि रफ्तार लिन लामो समय लाग्दैन । यस साता मार्जिन लेन्डिङको अन्योलताले लगानीकर्तामा केही दुविधा निम्त्यायो । त्यस्तै, राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा सीमा तोक्दै नयाँ सर्कुलर जारी गर्यो । राष्ट्र बैंकले मार्जिन लेन्डिङको विद्यमान प्रावधान र सीमामा परिवर्तन नहुने जानकारी गराउना साथ बजारले आइतबार र सोमबार तुरुन्तै प्रतिक्रिया दिएको थियो । तर, बुधबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै ओभरड्राफ्ट कर्जामा सीमा तोकेपछि बिहीबारको बजारमा केही नकारात्मक असर परेको छ । तथापि, यी असर अल्पकालीनमात्र हुने अनुमान गरिएको छ । विस्तारै बजार बढ्ने लयमा फर्किने अपेक्षा गर्न सकिन्छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदर र चक्रीय नियमअनुसार अब बुलिस पालो, यो तीन कुरा नै बजार वृद्धिको प्रमुख आधार हुनेछ । अन्य विषय तपशीलमा रहनेछन् । अन्य विषयको अल्पकालको लागिमात्र प्रभाव पर्ने विश्लेषण गर्न सकिन्छ । यस साता नेप्से सूचक २०३२.५१ विन्दुमा बन्द भएको छ । जुन गत साता भन्दा ३.४९५ वृद्धि हो । साताको अन्तिम दिन बिहीबार ६.७७ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २७ खर्ब ३२ अर्ब भन्दा बढी रहेको छ ।

साताभर दैनिक कारोबार रकम ४.९० अर्ब भन्दा बढी भएको माथिको तथ्यांङकबाट देख्न सकिन्छ । दैनिक कारोबार रकममा गत साता भन्दा सामान्य सुधार भएको हो । सबैभन्दा थोरै आइतबार ४.९० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै सोमबार ७.२० अर्ब रुपयाँको सेयर किनबेच भएको छ । यस साता औसतमा दैनिक ६.०२ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

गत साताको तुलनामा हाइड्रोपावर, फाइनान्स र होटल बाहेक यस साता अधिकांश समूहहरुको सूचकमा वृद्धि देखिएको छ । माइक्रोफाइनान्स सबैभन्दा धेरै ११.१९५ ले बढेको छ । त्यसपछि, लाइफ इन्सुरेन्स ९.७५५ र उत्पादनमूलक समूह ५.४७५ ले वृद्धि भएको छ ।

Ad