Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा सामान्य अंकको गिरावट, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक कारोबार

२०७७ पुष १ गते

बैंकिङ खबर । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ६.२० अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ६.२० अंकले घटेर २ हजार ५५.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ अंकले घटेर ३८६.९८ मा पुगेको छ । आज कूल १९९ सय वटा कम्पनीको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स रहेको छन । आज नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ३९ करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३१ करोडको कारोबार गरेको हुन् ।

 

Ad