
बैंकिङ खबर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५६.७२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.७२ अंकले बढेर २ हजार ०६७.१७ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ६.०४ अंकले बढेर ३८८.१६ मा पुगेको छ । आज कूल २०२ सय वटा कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये १ समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स र दोस्रोमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७४ करोड र नेपाल निर्जिवन बीमा कम्पनीले ४६ करोडको कारोबार गरेको हुन् ।

